बिर्तामोड । हिजोको प्रदर्शनका क्रममा झापा प्रहरीले १० जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिंसा भड्काउन अग्रसर भएको अभियोगमा १० जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले नियन्त्रणमा लिएकामा बिर्तामोड नगरपालिका-५ बस्ने बर्ष अ.२३ को बिकास खतिवडा, ताप्लेजुङको याङबरक गाउपालिका-१ बस्ने बर्ष २९ को संदेश बि.क. कमल गाउपालिका-६ बस्ने बर्ष २६ को आकाश राई रहेका छन् ।

दमक नगरपालिका-१ बस्ने बर्ष १६ को जिपसन धमला, कमल गाउपालिका-४ बस्ने बर्ष २१ को जसमिन कुलुङ राई,;दमक नगरपालिका-५ बस्ने बर्ष ३२ की समिरा पोखरेल, दमक-७ बस्ने बर्ष १८ को मोहन साह, कमल गापा. ५ बस्ने बर्ष २१ को रुपेश धिमाल, दमकका बर्ष १९ को प्रितम भुजेल र दमक-९ बस्ने बर्ष २४ को देउशरण महतो पक्राउ परेका छन् ।

शाह र धिमालको साथबाट प्रदेश न.१-०२-०४०प ३०२१ र प्रदेश न.१-०१-०१२ प ७८७६ मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।