बिर्तामाेड । सरकारकाे दमनबाट १९ जना जेनजी आन्दोलनकारीको मृत्यु भएपछि आज बिहानैदेखि काठमाडौसंगै झापामा पनि आन्दोलन शुरु भएको छ ।

बिहानैदेखि बिर्तामोडको मुक्तिचोक, कनकाई, शनिश्चरे र मेचीनगर लगायतका स्थानमा  आन्दोलनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

बिर्तामोड-५ मुक्ति चोकमा करिब ३०० जना प्रदर्शनकारीहरुले स्वतस्फूर्त रुपमा भेला भई पुरानो जिल्ला ट्राफिक प्रहरी कार्यालयका सामानहरु, प्रहरी पोष्टहरु, ट्राफिक चिन्हहरु सडकमा ल्याएर आगजनी गरिरहेका छन् । हाल बिर्तामाेडकाे अवस्था तनाबग्रस्त रहेको छ । पूर्व पश्चिम राजमार्ग अवरुद्ध रहेको छ । उक्त स्थानमा प्रहरी टोली जान सकेको छैन ।

त्यस्तै मेचीनगर –७ इट्टाभट्टास्थित मेचीनगर नगरपालिकाको कार्यालय प्रवेश गर्ने बाटो अगाडि पूर्वपश्चिम राजमार्गमा जेनजीका युवाहरु करिब ३० जनाको उपस्थितिमा राजमार्गमा चल्ने सवारी साधनहरु अवरोध गर्ने प्रयास गरिरहेका छन् ।