बिर्तामाेड । सरकारी दमनकाे बिराेध गर्दै आन्दाेलनकारीले नेकपा एमालेकाे जिल्ला कार्यालयमा आगजनी गरेका छन् । बिहान १० बजेकाे समयमा लगभग १ हजारकाे संख्यामा रहेका आन्दाेलनकारीले बिर्तामाेड-४ मा रहेकाे पार्टी जिल्ला कार्यालयमा आगजनी गरेका हुन् ।
आन्दाेलनकारीकाे समूहले पार्टी कार्यालयकाे ताला फुटाएर त्यहाँ भित्र रहेकाे फर्निचर, कागजपत्र, बिभिन्न बिद्युतीय उपकरण निकालेर जलाएका हुन् । उनीहरुले पार्टी कार्यालय भवन र नजिकै रहेकाे शिक्षक संगठनकाे भवनमा ताेडफाेड गरेका हुन् ।

















