बिर्तामाेड । आन्दाेलनकारीले नेपाली कांग्रेस झापाकाे जिल्ला पार्टी कार्यालय भवनमा आगजनी गरेका छन् । अर्जुनधारा-६ मा रहेकाे पार्टी कार्यालय भवनमा आन्दाेलनकारीले आज साढे ११ बजे आगजनी गरेका हुन् ।
आन्दाेलनकारीकाे एक समूहले भवनकाे ताला ताेडेर भवनमा भएका फर्निचर, कागजपत्र तथा बिद्युतीय उपकरणका सामग्री जलाएकाे प्रहरीले जनाएकाे छ ।
यसअघि आन्दाेलनकारीकाे समुहले बिर्तामाेड-४ मा रहेकाे नेकपा एमालेकाे जिल्ला कार्यालयमा आगजनी गरेकाे थियाे । साे आगजनी बिर्तामाेड नगरपालिकाकाे दमकल र प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

















