बिर्तामोड । अवैध सामानसहित बिर्तामोडबाट चारजना भारतीय नागरिक पक्राउ परेका छन् ।

गएराति ९ बजेको समयमा अर्जुनधारा-११ स्थित बसपार्कमा रहेको हाङमा होटलमा बसेका उनीहरूमाथि शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट अवैध सामान बरामद भएको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित सितामणी बस्ने गरिब साह, भोला कुमार, बिकाश कुमार र अमोल गुप्ता रहेका छन् ।

उनीहरूको साथबाट ४८ पिस कुर्था सुरुवाल, १० पिस ग्यास चुलो र भारतीय लक्की ड्र कुपन अ.३००० पिस समेत बरामद गरिएको छ ।

सामानसहित पक्राउ परेका चारजनालाई ईप्रका अनारमनीमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।