अर्जुनधारा । देवभूमि विद्यापिठ अर्जुनधारा ५ ले विद्यालय दिवस सम्पन्न भएको छ। 

विद्यालयका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  सुमन शर्मा जमरकट्टेलको अध्यक्षता तथा अर्जुनधारा _ ५ का वडाध्यक्ष गीताराज खड्काको  प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल सन्तोष पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा कक्षा नर्सरी, एलकेजी, युकेजी, कक्षा १ का विद्यार्थीहरूले राईम्स, नृत्य, कक्षा २ र ३  का विद्यार्थीहरूले नृत्य र कक्षा ४ र ५ का विद्यार्थीहरूले आधुनिक नृत्य, सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूको तेक्वान्दो प्रदर्शन, भलिबल फाइनल प्रतियोगिता, जुनियर ब्वाइज म्याथम्याटिक्स रेस, ऊसु, रिले दौड, ड्रिल, नाटक गरिएको थियो भने पुरुष शिक्षक र पुरूष अभिभावकबीच लठ्ठा तान्ने प्रतियोगिता, महिला शिक्षक र महिला अभिभावकबीच तातो आलु  प्रतियोगितासमेत गरिएको थियो।कार्यक्रममा २०८१ एसईईमा उत्कृष्ट विद्यार्थी अपेक्षा मिश्रलाई कदर पत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरू कृतिका गौतम, खुशी नेपाल, आलोक तिम्सिनाले नेपालीमा र सायरा पौडेल , बेञ्जु कोईरालाले अंग्रेजीमा बक्तृत्वकला प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सन्तोष  नेपाल र विद्यार्थीहरू बेञ्जु कोइराला, प्रविन शिवाकोटी, साइमन कट्टेल, रिभान खतिवडा, युगान्त रिजाल, आदर्श मिश्र, प्रनिसा रिमालले गरेका थिए।