बिर्तामोड । बिर्तामोडमा गएराति भएको दुर्घटनाका एकजना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते अर्का एकजनाको उपचार भइरहेको छ ।
गएराती ९:२० बजेको समयमा बिर्तामोड-४ कञ्चनजंघा स्कुल छेउको स्थित भित्री सडक खण्डमा बिर्तामोड बाट सैनिक बजार तर्फ जाँदै गरेको बागमति प्रदेश-०१-०२५ च ६०५० न. को कार र बिपरित दिशा बाट आउँदै गरेको प्र १-०१-०१६प ३९५९ न. को मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर-१३ चारआली बस्ने बर्ष २५ को बिशाल पौडेल उपचारको लागि अस्पताल बिर्तामोडमा पठाईएकोमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।
सोही मोटरसाइकल पछाडि सवार कनकाई-६ बस्ने बर्ष २५ को चन्द्र किशोर चापागाईको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले कार चालक बिर्तामोड नगरपालिका-६ बस्ने चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



















