बिर्तामोड । झापा गाउँपालिका–१ सालमाराबाट २ हजार ८० केजी स्याउ बरामद भएको छ ।
स्थानीय जालिम मियाको घरमा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लुकाई राखिएको स्याउ सशस्त्र प्रहरी बल नेपाल बिओपी टाघनडुब्बा र इप्रका कुमरखोदको संयुक्त टोलीले बरामद गरेको हो।
बिल–बिजक बिना राखिएको उक्त १०४ क्याटुन स्याउको अनुमानित मूल्य ८ लाख ४० हजार रहेको छ ।
सो स्याउ नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।



















