झापा । झापाको गौरीगञ्ज गाउँपालिका–६ देविगञ्ज क्षेत्रमा प्रहरीले अवैध रुपमा भारतबाट ल्याइएका किराना सामान बरामद गरेको छ।

हिजो साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको LRP टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट दुई वटा साइकलमार्फत विना बिल ल्याइँदै गरेको सामान फेला पारेको थियो।

प्रहरी टोलीलाई देखेपछि सामान ल्याउने व्यक्ति साइकलसहित फरार भएका थिए। छाडिएका सामानहरू बरामद गरी इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ।

बरामद गरिएको सामानहरूमा पान मसला, पापड, मिश्री, विभिन्न प्रकारका खाने तेल, जाफरानी, सुर्ती, राजनिवास, रजनीगन्धा, सातु, क्रिम केक लगायतका सामग्री रहेका छन्।

उक्त सामानहरूको कुल अनुमानित मूल्य ६३ हजार ६३४ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।