बिर्तामोड । मिसन झापाको आयोजनामा झापामा ‘युवा शिखर सम्मेलन २०२६’ सम्पन्न भएको छ। सम्मेलनमा युवा नेतृत्व, उद्यमशीलता, प्रविधि, कृषि, पर्यटन तथा सामाजिक विकासका विषयमा छलफल गरिएको थियो।

file_00000000666c8211a634b7ff42c363d9

माधवकुमार झाको अध्यक्षतामा सम्पन्न सम्मेलनमा झापा गोल्डकपका संस्थापक अध्यक्ष जलकुमार गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। पूर्व ग्रुपको सहकार्यमा आयोजित सम्मेलनमा अध्यक्ष सुसन राउतसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा इन्जिनियर डिल्लिश्वर कार्की (रोहन), बेनिज कार्की र राज गौतम विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

7F0A0569

त्यस्तै,न्युटन्स स्कुलका प्रिन्सिपल देवेन्द्र हुमागाईं, कञ्चनजङ्घा स्कुल फाउन्डेसनका डा. केशवराज न्यौपाने, मेची क्याम्पसका आईटी निर्देशक सुनील शर्मा, कृषि तथा पर्यटन विज्ञ सन्तोष लामालगायतले विभिन्न विषयमा धारणा राखेका थिए।

सम्मेलनमा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधि, व्यवसायी, युवा उद्यमी, स्थानीय कलाकार, कन्टेन्ट क्रिएटर, पत्रकार तथा कर्मचारीतन्त्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

पत्रकार, खेलाडी र व्यवसायी सम्मानित

सम्मेलनका अवसरमा पत्रकारिता, खेलकुद तथा व्यवसाय क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

पत्रकारितातर्फ  विजय राज भट्टराई  तथा गृष्मा सापकोटा सम्मानित भए।

खेलकुदतर्फ राष्ट्रिय फुटबल खेलाडी रोहन कार्की र तेक्वान्दो खेलाडी दिपेन धिमाल सम्मानित भए।

त्यस्तै, व्यवसायीतर्फ सरोज उप्रेती, टी हव, मनोज बस्नेत, उत्सव कार्की, सौरभ मेयर, अशोक चौधरी, सौजन संग्रौला र राज अधिकारीलाई सम्मान गरिएको थियो।

युवाको नेतृत्व क्षमता, उद्यमशीलता र सामाजिक योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित सम्मेलनले विभिन्न क्षेत्रका युवालाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ।