बिर्तामोड । बिद्युतीय सवारी साधन उत्पादक प्योर ईभीले उत्पादन गरेको  ‘ईप्लुटो ७ जी प्रो’ स्कुटर नेपालमा लञ्च गरेको छ । 

ss

हालसम्म उपलब्ध बिद्युतीय स्कुटर मध्येको सबैभन्दा शक्तिशाली स्कुटर नेपाली बजारमा आएको कम्पनीकाे दावी छ । कम्पनीका अनुसार यो स्कुटर एक पटककाे चार्जबाट बिभिन्न मोडमा १०० देखि १५० किलोमिटर दौडाउन सकिन्छ । 

यस मोडलको स्कुटरमा बीएमएस र ब्लुटुथ कनेक्टिभिटीको साथ एआइएस १४६ प्रमाणित छ । ३.० किलोवाट ब्याट्री क्षमता रहेको स्कुटरमा इकोड्राफ्ट प्लेटफर्ममा प्रयोग गरी प्रमाणित गरिएको कम्पनीको भनाई छ । 


‘यो जी ७ मोडलको अपग्रेड गरिएको संस्करण हाम्रो नवप्रवर्तन, दिगोपन र उत्कृष्ठताको निरन्तर प्रयासको नयाँ परिणाम हो, कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित बडेराले भने–‘यस महिनामा नेपालीभरी २ हजार वटा यो स्कुटर बिक्री हुनेमा हामी बिश्वस्त छौं । 

यस उत्पादनको वाइट लोटस मोटर्सले बिक्री गरिरहेको छ । आधिकारीक बिक्रेता वाइट लोटस मोटर्सका कार्यकारी प्रमुख अशोक खड्गीका अनुसार यसअघि सोही कम्पनीको उत्पादन इप्लुटो ७ जी र इन्ट्रान्स एनइओको भब्य सफलतापछि आएको अपग्रेड भर्सनले पनि ग्राहकको मन जित्न सफल हुने छ । कालो, खैरो र सेतो रङमा उपलब्ध यस उत्पादनले नेपाली ग्राहकको मन जित्ने दावी उनले गरेका छन् ।