अर्जुनधारा । भारतका सेलिब्रेटी चायवाला  डोल्ली  सोमबार साँझ झापाको लङका रिसोर्टमा आउने भएका छन् ।

भद्रपुरको ग्लोबल इन्नोभेसन्स पार्टनरले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी झापा आउन लागेका हुन् ।

भारतको नागपुरमा चिया पसल गर्दै आएका डोल्ली लङका रिसोर्टमा आयोजित एक समारोहमा सहभागी हुने कार्यक्रम  तय भएको छ । 

उनी झापाको कार्यक्रम सकेपछि काठमाण्डौतर्फ लाग्ने छन् । काठमाण्डौमा पनि उनको उपस्थितिमा सेमिनार आयोजना हुने बताइएको छ । 

अर्बपति बिल गेट्सले उनको पसलमा चिया खाएपछि उनी एकाएक भाईरल बनेका थिए । रिसोर्टमा उनले चिया बनाउने उनको कला प्रस्तुत गर्ने र सहभागीलाई चिया खुवाउने कार्यक्रम रहेको छ ।

अहिले डोल्लीको हातले बनाएको चिया खान र उनीसँग फोटो खिचाउने समर्थकको भिड लाग्ने गरेको छ ।