बिर्तामोड । नेपाली
लभस्टोरी-एक्सनमा आधारित चलचित्र देववाणी देशभर प्रदर्शनमा आएको छ ।
निर्देशक
बाबु साहेव बलामी निर्देशित देववाणी फिल्ममा कुन्दन
भारद्वाज, अनुजा
लेप्चा, सुनिल
थापा, ध्रुव
कोइराला, घनश्याम
गिरी, रबिन्द्र
झा, नन्दु
श्रीवास्तव, मौसम
पौडेल, प्रदीप
ढकाल, लक्ष्मीनाथ
तिमल्सिनाको अभिनय छ ।
मिना
खड्का र हिराबहादुर लेप्चा फिल्मका निर्माता हुन् । अनुजा इन्टरटेनमेन्ट र मौसम
फिल्म्स प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता
मन्जिलको हो । फिल्मको कार्यकारी निर्मातामा कुलमान लेप्चा छन् ।
श्री
श्रेष्ठको द्वन्द्, हरिबहादुर
घलेको छायांकन, रामजी
लामिछाने र तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र
बन्दे प्रसादको सम्पादन फिल्ममा रहेको छ ।
नेपालको काठमाण्डो, बिरगञ्ज र भारतको राजस्तानमा छायांकन गरिएको फिल्मको नेपाली, हिन्दी र भोजपुरी भाषामा अनुवाद भएर प्रदर्शनमा आएको
बिहीबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बुधबार देशका ७० सिनेमा
घरमा प्रदर्शनमा आएको चलचित्रले नेपाल र भारतमा दर्शकके साथ पाउने अपेक्षा निर्माण
पक्षको रहेको छ ।