अर्जुनधारा । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यालयकाे आजाेजनामा झापाकाे अर्जुनधारामा शुक्रबारदेखि तीनदिने 'तरकारी खेती उन्नत प्रविधि' बिषयक तालिम सुरु भएकाे छ । 

तालिममा नगरकाे वडा नम्बर ८ र ९ का अगुवा किसानकाे सहभागिता रहेकाे जनाइएकाे छ । झापा जिल्लालाई तरकारी जाेन घाेषणा गरेपछि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यालयले तरकारी उत्पादन हुने क्षेत्रलाई प्रथमिकतामा राखेर आधारभुत तालिम प्रदान गर्न थालेकाे हाे । 

तालिममा हिउँदे, बर्खे तथा लहरे तरकारीकाे बिषयमा प्रशिक्षण प्रदान गरिने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यालय प्रमुख रविन्द्र सुवेदीले जानकारी दिए । उनले किसानलाई टाढा गएर तालिम लिन असहज हुने भएको हुनाले पायक पर्ने स्थानमा आएर तालिम प्रदान गरेकाे बताए । अर्जुनधारासँगै मेचीनगर र बुद्वशान्तिमा पनि परियाेजनाले तालिम प्रदान गरिरहेकाे जनाएकाे छ । 

सुवेदीका अतिरिक्त राजेन्द्र कडरिया र कृृषि अनुसंधान निर्देशनालयका सुरेन्द्र यादबले तालिमकाे सहजिकरण गर्ने जनाइएकाे छ । तालिममा नगरका २० जना कृषककाे सहभागिता रहेकाे छ ।