बिर्तामाेड । नेपाल वितरक महासंघ काेशी प्रदेशकाे दाेस्राे अधिवेसनले नविनकुमार तामाङकाे अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेकाे छ । झापाकाे बिर्तामाेडमा भएकाे अधिवेसनले सुनसरीका तामाङकाे नेतृत्वमा नयाँ कमिटी गठन गरेकाे हाे ।
सर्वसम्मत चयन भएकाे कमिटीमा लालबहादुर कार्की बरिष्ठ उपाध्क्ष, उपाध्यक्षमा युवराज घिमिरे र शुभराज थापा, सन्ताेषकुमार श्रेष्ठ महासचिव, निर्मल खतिवडालाई सचिव र हिमाल श्रेष्ठलाई काेषाध्यक्ष रहेका छन् ।
कमिटीकाे सदस्यहरुमा बद्री सेढाई, बिपिन थापा, रामराज भण्डारी, शम्भु आचार्य, कुमार बस्नेत, मन्टु राैनियार, ध्रुब कनाल, एलिस खनाल र सन्ताेष भट्टराई चयन भएकाे निर्वाचन समितिले जनाएकाे छ । महासंघकाे बिधान अनुसार नि वर्तमान अध्यक्ष कृष्णराज श्रेष्ठ वर्तमान अध्यक्षभन्दा तल्लाे वरियतामा रहने प्रावधान रहेकाे छ ।
यसअघि भएकाे खुलासत्रमा महासचिव राजेश खनालले सभामा पेश गरेकाे तीनबर्षकाे गतिविधि समेटिएकाे प्रतिवेदन पारित भएकाे थियाे । अध्यक्ष कृष्णराज श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वितरक महासंघका केन्द्रिय अध्यक्ष दुर्गा गाैतम, वितरक महासंघका केन्द्रिय सल्लाहकार तथा ईटहरी वितरक संघका संस्थापक अध्यक्ष टंकप्रसाद खनाल, वितरक महासंघ काेशी प्रदेशका संस्थापक अध्यक्ष कमल ढुङगाना, केन्द्रिय महासचिव शिव खनाल तथा अधिवेसन आयाेजक समितिका संयाेजक सुरेश कुमार अग्रवाल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा अग्रज व्यवसायी भगवानदास अग्रवाल, रामलखन चाैधरी र प्रदीपकुमार अग्रवाललाई सम्मान गरिएकाे थियाे । आधा सताब्दीदेखि वितरककाे काम गरिरहेका उनीहरुलाई समाराेहमा सम्मान गरिएकाे छ ।
कार्यक्रममा काेशीका वितरकले अहिलेकाे समयमा भाेग्नुपरेकाे समस्या र त्यसकाे समाधानमा लाग्ने १३ बुँदे साझा प्रतिबद्वता उल्लेखित झापा घाेषणापत्र जारी गरिएकाे थियाे । घाेषणापत्रमा कुनै उत्पादकले वितरक परिवर्तन गर्नु परेमा नाे अब्जेक्सन लेटर प्राप्ति गर्नुपर्ने, कुनै सामग्री बिक्री गर्दा एकै प्रकारकाे नगद वा जिन्सी उपहार प्रदान गरिनुपर्ने, वितरकबिचकाे अस्वस्थ प्रतिष्पर्धा अन्त्य गरिनु पर्ने लगायतका बुँदा घाेषणापत्रमा उल्लेख गरिएकाे छ ।



















