बिर्तामोड ।  पूर्व  राजा ज्ञानेन्द्र शाह झापा आउने भएका छन् । शाह भोलि बिहान साढे ११ बजेको बुद्व एयरको विमान मार्फत झापा आउन लागेका हुन् । 

पूर्वराजाको सुरक्षाको लागि सशस्त्र प्रहरी टोली र उनले प्रयोग गर्ने सवारी साधन १५ गते राती दमक नगरपालिका-९ स्थित हिमालय टि-स्टेटमा रहेको मिनि दरबार आएर बसेको छ ।

यस अघि  गत भाद्र ९ गते पूर्वराजा शाह, पुर्वरानी कोमल, छोरी प्रेरणा शाह झापा आएर भाद्र २० गते काठमाडौं फर्किएका थिए । उनको काठमाडौ फर्किने मिति अनिश्चित रहेको छ । 

अभियन्ता दुर्गा प्रसाईले मंसिर-७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । उनको आन्दोलनसँगै पूर्वराजाको झापा भ्रमणलाई राजनीतिक वृतका अर्थपूर्ण रुपमा हेरिएको छ ।