बिर्तामोड ।झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।
मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका प्रसाईं असिस्ट अभिव्यक्तिका कारण विवादमा पर्दै आएका छन् ।



















