बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले राजश्व छलिका सामान ढुवानी गरिरहेका तीनवटा गाडीसहित त्यसका तीनजना चालकलाई पक्राउ छ ।

बिर्तामोड-९ धौलापुलमा इप्रका अनारमनीको टोलीले बिर्तामोडबाट भद्रपुर तर्फ जाँदै गरेको मे.१ च ६८९२, प्र १-०१-००१ च ७५२४, मे १ च ४०४५ न. को गाडी नियन्त्रणमा लिएको हो ।

राजश्व छलेर ढुवानी गर्दै गरेको अवस्थामा गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका सामग्रीहरुमा मामी पोकोपाइट मुन लेखिएको डाइपर ४१ कार्टुन, इन्ह्यान्सर लेखिएको कास्मेटिक सामान १९ कार्टुन, चुलबुल लेखिएको रक्सि २ सय कार्टुन, गोर्खा बियर १ सय ५० कार्टुन, ओरियो लेखिएको बिस्कुट १६ कार्टुन र सेलो विकुल लेखिएको तेल ८० कार्टुन छन् ।

प्रहरीले अर्जुनधारा-११ बस्ने दिलिप खड्का सोही स्थानका राजाराम खड्का र भद्रपुर-१ बस्ने उदेन राईलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरु गाडी चालक हुन् ।

बरामद गरेका सामान, गाडी र त्यसका चालकलाई राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जनाइएको छ ।