बिर्तामोड । जिल्ला प्रहरी कार्यलय झापाले इलाका प्रहरी कार्यालय अनारमनीको २ सय मिटर भित्रबाट ८ लाख मूल्य बरावरको अवैध सामान बरामद गरेको छ ।
जिप्रकाको टोलीले इप्रका अनारमनीबाट २ सय मिटर पुर्व 'बेवारिसे' अवस्थामा ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको हो ।
हिजो बिहान १० बजेको समयमा प्रहरीले कपडा, खाद्यान्न सामग्री तथा जुत्ता फेला पारेको थियो । प्रहरीको अनुसार हालसम्म सामानको धनी पत्ता लागेको छैन ।
बरामद भएका सामग्रीमा कपडा, चिनि, जिरा, जर्सी, चकलेट, मरिच, तोरी, बिंडी, लगायत गरेर ७ लाख ९१ हजार बराबर मुल्यका छन् । बरामद सामग्री इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



















