बिर्तामोड । राष्ट्रिय परिवर्तन पार्टीले झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी घोषणा गरेको छ । पार्टीले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी घोषणा गरेको हो । 

पार्टीले जिल्ला अध्यक्ष सविन राईलाई प्रत्यक्षतर्फ झापा ५ मा उम्मेदवार बनाउने निर्णय गरेको जनाएको छ । उनी दमकका व्यवसायी हुन् । 

जेनजी आन्दोलनका क्रममा सहिद भएका, घाइते भएका र जेनजी समूहका मतदाताको एकमात्र पार्टी भएको दावी गर्ने उक्त पार्टीले दिगो आर्थिक बिकास, स्थिरता र भ्रष्टाचार अन्त्यको नारा अघि सारेको छ । 

झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन शाह लगायतको हेभीवेटको भिडन्त हुने चर्चा छ । पार्टीले झापाबाट समानुपातिकमा भने जेनजी आन्दोलनका घाइते प्रकाश भट्टराईलाई अघि सारेको छ ।