झापा । प्रतिनिधि सभामा उम्मेेदवारी दिनका लागि नेेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा आएका छन् ।
एति एयरको विमानबाट ओली श्रीमती राधिकासहित झापा आएका हुन् । उनी झापा क्षेत्र नम्बर-५ बाट प्रतिनिधि सभाको उम्मेेदवार हुने तयारीमा छन् ।
अघिल्लो पटक उनी यहि क्षेत्रबाट विजयी बनेका थिए । उनी प्रधानमन्त्री रहेको समयमा भदौ २३ र २४ गते जेनजी आन्दोलनले उग्ररुप लिएपछि उनले राजीनामा दिएका थिए ।
ओलीको राजीनामा पछि गठित सरकारले निर्वाचन गर्न लागेको हो । फागुन २१ गते तोकिएको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
अधिकांस निर्वाचनमा वारेस मार्फत उम्मेदवारी दिंदै आएका ओलीले याे पटक भने आफै उपस्थित भएर मनाेनयन दर्ता गराएका छन् । झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाण्डाैका पूर्व मेयर बालेन्द्र शाह उम्मेदवार बन्ने भएपछि यहाँकाे चुनावी माहाैल तातिएकाे छ ।


















