बिर्तामाेड । बिर्तामाेडका अग्रज युवा बलराम कार्कीले पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन् । नेपाली कांग्रेसकाे जिल्ला सदस्य उनले पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी राजीनामा गरेकाे घाेषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै कार्कीले पार्टी परित्याग गरेकाे बताएका छन् । लामाे समय नेपाली कांग्रेसकाे क्रियाशिल सदस्य रहेका उनी २०७९ मा भएकाे स्थानीय तहकाे निर्वाचनमा बिर्तामाेड-१ मा वडाध्यक्षका प्रत्यासी रहेका थिए । उनी नेकपा एमालेका उम्मेदवार अग्नि पाण्डेसँग पराजित भएका थिए ।
नेपाली कांग्रेसकै समर्थनका कारण कार्की दुई कार्यकाल बिर्तामाेड उद्याेग वाणिज्य संघकाे अध्यक्षसमेत भएका थिए । झापा गाेल्डकपकाे पूर्व उपाध्यक्ष उनी स्थानीयमाझ राम्राे पहुँच राख्ने नेतामध्ये गनिन्छन् । २०७९ सालमा भएकाे स्थानीय तहकाे निर्वाचनमा कार्की बिर्तामाेड-१ मा नेपाली कांग्रेसकाे तर्फबाट वडाध्यक्षकाे उम्मेदवार थिए । नेकपा एमालेका तर्फबाट उठेका अग्निप्रसाद पाण्डेसँग पराजित उनी हाल नेपाली कांग्रेसका जिल्ला सदस्य थिए ।
यता नेकपा एमालेका स्थानीय नेता तथा चर्चित व्यवसायी अर्जुन मैनाली रास्वपा प्रवेश गरेका छन् । रास्वपाका बरिष्ट नेता बालेन्द्र शाहसँगकाे तस्विर र एउटा स्टाटस पाेष्ट गर्दै मैनालीले एमालेका सबै जिम्मेवारी परित्याग गरेर रास्वपा प्रवेश गरेकाे जनाएका छन् ।

उनी यसअघि भएकाे उद्याेग वाणिज्य संघकाे निर्वाचनमा नेपाली कांग्रेसले उठाएका उम्मेद्वार राजु न्याैपानेसँग अध्यक्षमा पराजित भएका थिए । एमालेबाट प्रतिनिधित्व गरेकाे उनले तत्काल पार्टीले सहयाेग नगरेकाे गु्नासाे गर्ने गरेका थिए ।


















