बिर्तामाेड । झापाकाे क्षेत्र नम्बर ५ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालय रहेकाे घरमा तोडफोड भएको छ ।
कमल गाउँपालिका–२ मा रहेको सम्पर्क कार्यालय रहेकाे घरमा बुधवार मध्यराति तोडफोड भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीय जयराम अधिकारीको घरको माथिल्लो तलामा रास्वपाले सम्पर्क कार्यालय स्थापना गरेको थियो । कार्यालयको झ्यालको सिसा फुटेको छ ।
प्रहरीले कार्यालयलाई नै लक्षित गरी आक्रमण भएकोजस्तो देखिएको बताएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले रास्वपाकाे सम्पर्क कार्यालयमा ताेडफाेड नभएकाे बताएकाे छ । घरधनी अधिकारी सुत्ने काेठाकाे झ्यालकाे सिसा भने फुटाएकाे बताउँदै झापाका डिएसपी खगेन्द्र खड्काले रास्वपाकाे कार्यालयमा कुनै क्षति नपुगेकाे बताए ।


















