झापा । निर्वाचनको इपिसेन्टर बनेको झापा क्षेत्र न ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना क्षेत्रीय परिषद सदस्य नै नेेकपा एमाले प्रवेश गरेका छन् । 

सदस्य भरत खनाल एमालेमा प्रवेश गरेका हुन् । उनले आजै नेकपा एमालेका अध्यक्ष तथा झापा-५ का उम्मेदवार केपी शर्मा ओलीको हातबाट अबिर लगाएर एमाले प्रवेश गरेका हुन् । 

देशभर चर्चामा रहेको झापा-५ मा खनालको एमाले प्रवेशपछि राजनीतिमा नयाँ तरङग उत्पन्न भएको छ । झापा-५ मा एमालेबाट ओली, रास्वपाबाट बालेन्द्र साह, नेकपाबाट रञ्जित तामाङ, नेेपाली कांग्रेसबाट मन्थरा चिमरिया उम्मेदवार छन् ।