बिर्तामोड । निर्वाचनको मिति नजिकिदै गर्दा झापामा शान्तिपूर्ण निर्वाचनलाई असर पुर्याउने गतिविधि सुरु भएका छन् ।

गएराति झापाको शरणामतिमा अज्ञात समुहले नेकपा एमालेको झण्डा जलाएको छ । राति ११ बजे झापा गाउँपालिका-६ शरणामती स्थित बाटोमा राखिएका एमालेका झण्डा लगायत प्रचार सामग्री जलाएका हुन् ।

प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । नेकपा एमालेले भने यश घटनालाई निर्वाचन विरोधी षड्यन्त्र भएको बताएको छ । एमालेले घटनामा संलग्नलाई पक्राउ गरि कारवाही गर्न माग गरेको छ ।