झापा । अज्ञात समुहले नेपाली कांग्रेसको दमक नगर पार्टी कार्यालय तोडफोड गरेको छ ।
गएराती दमक नगरपालिका-५ स्थित बरगाछीमा रहेको नेपाली कांग्रेसको नगर पार्टी कार्यालय भवन तोडफोड भएको हो ।
अज्ञात समुहले १ वटा झ्यालको सिसा फुटाएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको बिषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।



















