झापा । झापाको दमकमा निर्वाचन आचारसंहिता उल्लङघन गर्ने १० जना पक्राउ परेका छन् ।
हिजो राती १० बजेको समयमा दमक नगरपालिकाका विभिन्न स्थानमा गस्ती गर्ने क्रममा निर्वाचन आचार संहिता उलंघन गर्ने, मादक पदार्थ सेवन गरेर हल्ला तथा हिडडुल गर्ने १० जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले दमक नपा-५ बस्ने अनिस रसाईली, बिवेक खडका, जोन बिश्वकर्मा, कमल गापा-५ बस्ने अशोक मुखिया, हर्क राई, डम्बर राई, गौरादह नपा-२ बस्ने उद्बवराज ताजपुरिया, ईलामको चुलाचुली गापा-४ बस्ने सानी भन्ने छवि लिम्बु, दमक नपा-४ बस्ने सावित्रा लिम्बु र अख्तर खानलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान सुरु गरिएको छ ।



















