झापा । निर्वाचनको अघिल्लो राति पैसा बाँड्न खोज्ने एकजना व्यक्ति दमकमा पक्राउ परेका छन् ।

गएराति ८बजे दमक-७ श्रीपाली चोकबाट सन्दिप चौधरीले चलाएको प्रदेश १–०२–०५०प५३९८ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा नगद फेला परेको थियो ।

उक्त स्कुटरको डिकी चेकजाँच गर्दा डिकीभित्र कपडाको झोलाभित्र राखेको नगद १ लाख २७ हजार रुपैँया फेला परेको थियो । उक्त रकम शंकास्पद रहेकोले बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको छ । चौधरीलाई इप्रका दमकको हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै गएराति ९ गौरीगंज वडा-३ मा रहेको आरियन होटलभित्र मादक पदार्थ सेवन गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने पाँच जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गौरीगंजको टोलीले गौरीगंज ३ कृपाल टोल बस्ने अक्ष साह , सोही ठाउँ बस्ने अनिस सुवेदी, गौरीगंज चोक बस्ने अभिशेक राजवंशी, वडा न-२ कोरोबारी बस्ने रूखिराम मर्डी र वडा नं ६ तीनटोलीया बस्ने प्रविन महतोलाई पक्राउ गरेको हो ।