बिर्तामोड । प्रतिनिधि सभा सदस्यको झापा क्षेत्र न २ कम उम्मेदवार तथा नेेपाली कम्युनिष्ट पार्टीका नेतृ धर्मशिला चापागाईंको घरमा चोरी भएको छ ।

चापागाईंको अर्जुनधारा-५ स्थित घरमा चोरी भएको हो । उनी घरमा नभएको समयमा अज्ञात व्यक्तिले ढोका फुटाएर चोरी गरेको प्रहरीले जनाएको छ ।

चोरले दराज फुटाएर नगद ५० हजार रुपैंया लगेको बताइएको छ । घटनाबारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।