बिर्तामोड । मानसिक सन्तुलन ठिक नभएका बालकले टाउकामा हम्मर प्रहार गर्दा बिर्तामोडमा एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
आइतबार बेलुका बिर्तामोड-१ सुर्यनगर टोलमा ५८ बर्षका बिजय लिम्बुलाई सोही स्थानका १३ बर्षिय बालकले टाउकामा हम्मर प्रहार गरेका थिए ।
लिम्बुको गम्भीर अवस्थामा उपचार भईरहेको छ । हम्मर प्रहारको कारण खुलेको छैन ।
घटनामा संलग्न बालक र हम्मर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।



















