भद्रपुर । लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

हिजो साँझ करिब १८:३० बजे भद्रपुर नगरपालिका–५ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको साईकल यात्रीलाई प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा भद्रपुर–७ बस्ने २४ वर्षीय सुमन मुखियाको साईकलको सिटमुनी लुकाएर ल्याइएको ७ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ।