बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया युवतीलाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।


















