बिर्तामोड । झापाको बिर्तामोडमा फष्ट स्टेप इजुकेशनल कन्सल्टेन्सीको शाखा सञ्चालनमा आउने भएको छ ।

बिर्तामोड–१ स्थित कार्यालयमा परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अमित पौडेलले बिर्तामोडबाट फष्ट स्टेप इजुकेशनलले सेवा प्रारम्भ गर्न लागेको जानकारी दिए ।

काठमाडौं, बुटवल, नेपालगञ्ज र दाङबाट सेवा प्रदान गर्दै आएको कन्सल्टेन्सीले झापाको बिर्तामोडबाट सेवा शुरु गर्ने भएको हो ।

“काठमाडौंमा हुँदा देखि नै मैले झापाबाट धेरै विद्यार्थी भर्ना गराएको छु”, पौडेलले भने, “हामी सबै सर्टिफाइ छौं, झापाबाट पनि राम्रो काम गरेर फस्ट स्टेपप्रतिको विश्वास अझ बढाउँदै लैजाने छौं ।”

आफूहरुसँग १७ वर्ष लामो अनुभव भएको बताउदै फस्ट स्टेपबाट गएका धेरै विद्यार्थीहरुले राम्रो सफलता हात पारिसकेको उनले जानकारी दिए । कन्सल्टेन्सीले युके, फ्रान्स, अस्ट्रेलिया, क्यानडा, इन्डिया लगायतका देशहरुका राम्रा शैक्षिक प्रतिष्ठानमा अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श र भिषा प्रोसेसिङ साथै त्यहाँको रहनसहन, भाषा, धर्मसंस्कृति, वातावरण जस्ता विषयमा जानकारी दिने पौडेलले बताए ।

फस्ट स्टेपको बिर्तामोड शाखाबाट शाखा प्रमुख दिक्षा बस्नेत, राशिका उप्रेती लगायतको दक्ष टोलीले सेवा प्रवाह गर्ने जनाइएको छ ।