बिर्तामोड । बिर्तामोडको पुरानो भद्रपुर रोडबाट लागूऔषध ब्राउन सुगरसहित दमकका दुईजना पक्राउ परेका छन् ।
हिजो साँझ बिर्तामोड-४ पुरानो भद्रपुर रोड स्थितबाट इप्रका अनारमनीको टोलीले दमक-१ का दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दमक-१ का बिजय कर्माकार र सन्तोष मिस्त्री रहेका छन् । उनीहरुको साथबाट १३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर, मोबाइल २ थान, को ३५ प ९०६९ नम्बरको मोटरसाईकल बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरु दुबैलाई नियन्त्रणमा लिई इप्रका अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको छ ।