बिर्तामोड । अस्थायी प्रहरी चौकी मंगलबारेको टोलीले नदीजन्य सामग्रीको अवैध उत्खननमा संलग्न ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
आज दिउँसो बुद्धशान्ति-४ को टिमाई खोलाबाट ढुङ्गा उठाएर ढुवानी गर्दै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको मे. १ त. ५१३५, मे. १ त. ७३७२, मे. १ त. ७५४३, मे. १ त. ५४४६ र मे. १ त. २४६१ नम्बरको ट्याक्टरलाई आवश्यक कारवाहिका लागि बुद्धशान्ति गाँउपालिका कार्यालय बुधबारे पठाएको जनाइएको छ ।