बिर्तामाेड । बिर्तामाेडकाे माेहनमाया माध्यमिक बिद्यालयले कक्षा-१० मा अध्ययनरत बिद्यार्थीका शिक्षक- तथा अभिभावकबीच दाेस्राे चरणकाे अन्तरक्रिया तथा उत्कृष्ठ बिद्यार्थीलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेकाे छ । 

maya

बिद्यालयमा आइतबार आयाेजित अन्तरक्रियामा कक्षा-१० मा अध्ययनरत बिद्यार्थीका करिब ७० जना अभिभावककाे सहभागिता रहेकाे थियाे । अन्तरक्रियामा अभिभावकका जिज्ञासाकाे समाधान, बिद्यार्थीलाई अध्ययनमा केन्द्रित रहन ध्यान दिनुपर्ने आवाश्यकता लगायतका बिषयमा छलफल भएकाे थियाे । 

mm

अन्तरक्रियामा बिद्यलयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले आगामी बर्ष २१५ जना बिद्यार्थी एसइइमा सहभागी हुने बताए । उनले नियमित बिद्यालय आउने बिद्यार्थीकाे नतिजा राम्राे आएकाे भन्दै अभिभावकसँग सामान्य बहानामा बिद्यार्थीलाई बिद्यालय पठाउनबाट नराेक्न अनुराेध गरे । ' नियमितअध्ययन भनेको सिक्री जस्तै हो, एउटा छुट्दा त्यसले दीर्घकालीन असर गर्छ, प्रअ श्रेष्ठले भने-' याे नतिजमा जसको नन ग्रेडेड छ, उ ४६ दिनभन्दा कम बिद्यालय आएको छ ।'

बिद्यालयका मावी ईञ्चार्ज अनिता कार्की बस्नेतले उत्कृष्ठ नतिजा ल्याउनमा शिक्षक, अभिभावक र बिद्यार्थीको बराबर भूमिका रहने बताइन् । उनले बच्चाले के गरिरहेको छ भनेर अभिभावकले निरन्तर निगरानी गर्नु पर्ने धारणा राखिन् । 'कतिपय बिद्यार्थी परिक्षामा मात्र अध्ययन गर्ने गर्छन, बिद्यार्थीलाई अध्ययनको रुटिन बनाएर कडा  मिहिनेत गर्ने बानी लगाउनु पर्छ, बस्नेतले भनिन्-'  धेरै बिद्यार्थीमा माेवाइल फाेनकाे लत छ, अझ माेवाइलकाे गेममा लागेपछि त्यो दुर्ब्यसन सरह हुन्छ । त्यसकारण माेवाइल चलाउन दिनु हुँदैन ।'

कार्यक्रममा पहिलाे त्रैमासिक परिक्षाकाे नतिजामा उत्कृष्ट भएका १८ जना उत्कृष्ट बिद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष लिलानाथ खत्रीकाे अध्यक्षता तथा सूचना अधिकारी डमरुबल्लभ ओझाकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।