अर्जुनधारा । नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य अमित खम्बू मंगलबार आयोजित एक कार्यक्रममा सम्मानित भएका छन् ।

निजी तथा आवासीय विद्यालय संगठन नेपाल(प्याब्सन) झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा सोमबारदेखि सुरु भएको सांस्कृतिक कार्यक्रम–२०८२मा खम्बु सम्मानित भएका हुन् ।

पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई “प्याब्सन अर्जुनधारा आइडियल–२०८२”बाट सम्मान गर्ने निर्णय गरेको प्याब्सन झापाका सदस्य सुमन शर्मा जम्मरकट्टेलले जानकारी दिए ।

अर्जुनधारा–८ स्थित शनिश्चरे बजारको प्राङ्गणमा प्याब्सन अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य मोहन सुब्बा, प्याब्सन झापाका सल्लाहकार प्रभुकुमार श्रेष्ठ, अध्यक्ष छत्रबहादुर कार्की, सदस्यद्वय दीपेन्द्र सुब्बा र जम्मरकट्टेललगायतले उनलाई सम्मानित गरेका थिए ।

खम्बुलाई सम्मान पत्र, नगद पुरस्कार ११ हजार एक सय ११ सहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । विगत तीन वर्षदेखि प्याब्सन अर्जुनधाराले शुरु गरेको यस कार्यक्रम अन्र्तगत यस अघि “प्याब्सन अर्जुनधारा आइडियल–२०८०”बाट स्वास्थ्य क्षेत्रका अर्जुनधारा–९ निवासी डा. सुब्बा नामले परिचित स्वास्थ्यकर्मी लालबहादुर सुब्बा र “प्याब्सन अर्जुनधारा आइडियल–२०८१”बाट शिक्षासेवी अर्जुनधारा–५ निवासी गीताराज खड्का “हरि” सम्मानित भएका छन् ।

कार्यक्रममा अर्जुनधारा–८ नं. वडाका वडाध्यक्ष कुमारप्रसाद उप्रेती, प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरिकृष्ण पाठक, सम्मानित व्यक्तित्व खम्बूलगायतले मन्तव्य राखेका थिए । प्याब्सन अर्जुनधाराका सल्लाहकार एवम् कार्यक्रम संयोजक राजेशकुमार आचार्यले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव ताराप्रसाद नेपालले गरेका थिए ।