बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले लागूऔषधसहित अर्जुनधाराका दुईजनालाई नियन्त्रणमा लिएको छ ।
हिजो बेलुका बिर्तामोड-५ शनिश्चरेरोड बाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अर्जुनधारा नगरापलिका-८ वस्ने वर्ष २० को महमद साहावाज र ७ वस्ने वर्ष २४ को सुनिल कुमार मण्डल रहेका छन् ।
उनीहरूको साथबाट नाइट्राजापेम ट्याबलेट ६ गोटी र कालो प्लाष्टिकमा पोका पारी राखेको अवस्थामा १ ग्राम ६४० ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरु सवार मे ११ प ६२११ न. को मोटरसाइकल सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

















