झापा । प्रधानमन्त्री  बालेन्द्र साहलगायतका नेताहरूलाई सामाजिक सञ्जालमा अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरबाट एक जना पक्राउ परेका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेललाई प्रहरीले पक्राउ गरेकाे हाे । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई पक्राउ गरेको हो ।

पाेखरेललाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्रामा अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिए ।