झापा । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्बाङको सोमबार राति निधन भएको थियो ।


एमाले उपमहासचिव विष्णु रिमालका अनुसार नेम्वाङकाे शव केहीबेरमा पार्टी कार्यालयमा पुर्‍याइनेछ । १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ ।

नेेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ । राती १ बजे स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुग्दा उनको निधन भइसकेको थियो ।