बिर्तामाेड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ निवासी श्रीप्रसाद तिम्सिनाले नगर अस्पताललाई फलामको बेन्च सहयोग गरेका छन् ।

तिम्सिनाले आफ्नो ८५ औं जन्मदिनको अवसरमा ४ वटा बेन्च प्रदान गरेका हुन् । उनले ४० हजार रुपैयांको लागतमा निर्माण गरिएको बेन्च बुधबार नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलालाई हस्तान्तरण गरेका थिए ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै तिम्सिनाले नगर अस्पतालमा कार्यरत कर्मचारीले दिएको सेवाबाट सन्तुष्ट भएर बेन्च सहयोग गरेको बताए। सामाग्री लिदै नगर उप प्रमुख संग्रौलाले जेष्ठ नागरिक, स्थानीय समाजसेवी तिम्सिना र उहांकी धर्मपत्नी टिकादेवी तिम्सिनालाई धन्यवाद दिंदै सु- स्वास्थ्य दिर्घायुको कामना गरेका थिए ।
फलामको बेन्च सहयोगले दैनिक सयौंको संख्यामा आउने बिरामीहरुलाई बस्नको लागि सहज भएको छ । बेन्च हस्तान्तरण कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड नगरअस्पतालमा दैनिक वालरोज्ञ विशेषज्ञ सेवा, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ सेवा, २४ सै घण्टा निशुल्क नर्मल डेलिभरी, स्वास्थ्य बिमा लगायतका सेवा उपलव्ध छन् ।



















