मेचीनगर । बाहुनडाँगी जेसीज वर्ष २०२४ को अध्यक्षमा देबु बानियाँ सर्वसम्मत निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न शाखाको १२ औँ वार्षिक साधारण सभाबाट बानियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको निर्वाचन आयुक्त दीपक बरालले जानकारी दिए ।

सन २०१३ मा बाहुनडाँगी जेसीजमा आबद्ध भएर निरन्तर काम गर्दै आएका बानियाँले जेसीजका सबै पदहरूमा बसेर जिम्मेवारी पुरा गरेका छन् । नेपाल जेसीजबाट पटक-पटक सम्मानित भएका बानियाँ देशभरका शाखाहरूसँग परिचित छन् । सन २०१९ मा नेपाल जेसीजको वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका थिए । प्रेस क्लब मेचीनगरका सचिव समेत रहेका बानियाँ पेसाले शिक्षक हुन् । उनी बलभद्र आधारभूत विद्यालयका शिक्षक हुन् ।

अधिवेशनले शाखाको कार्यकारिणी उपाध्यक्षमा शुष्मा मिश्र, केदार सुनवार, उपाध्यक्षहरूमा थेसीस रुचाल, पवन बराइली, सदेश पौडेल र किरण गौतम सर्वसम्मत निर्वाचित भएको बरालले बताए ।यसैगरी नवनिर्वाचित अध्यक्ष बानियाँले विभिन्न पदमा मनोनीत समेत गरेका छन् ।

मनोनीत हुनेहरूमा महासचिवमा सुस्मिता खतिवडा, कानुनी सल्लाहकारमा न्यूटन कार्की र कोषाध्यक्षमा नृत्यनन्द चम्लागाई रहेका छन् । अन्य बाँकी पदहरूलाई शाखाको पद हस्तान्तरण समारोहमा मनोनीत गरिने उनले बताए ।