झापा । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिले 'बिर्तामोड नगर पर्यटकीय महोत्सब २०८०' आयोजना गर्ने भएको छ। 

माघ ९  गतेदेखि शुरु हुने महोत्सव माघ ३० गतेसम्म सञ्चालन हुने महासंघले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जनाएको छ ।

महोत्सवमा आदिवासी जनजाति समुदायका नागरिकको भेषभुषा, संस्कृति प्रदर्शन गरिनुका साथै सो समुदायको पहिचान गर्ने खाद्यान्नका परिकारहरु उपलब्ध हुने छ । 

बिर्तामोड ५ मा आयोजना हुने महोत्सवमा प्रत्येक दिन एउटा जातिको संस्कृति प्रदर्शन गरिने अध्यक्ष राजकुमार राजवंशीले जानकारी दिए । 

महोत्सवमा १५० स्टल रहने जनाईएको छ । स्टलमा विभिन्न कम्पनीका उत्पादन रहने सचिव सन्तोष बेघाले जानकारी दिए । महोत्सवमा १७ वटा स्टल आदिवासी जनजातिका संस्कार संस्कृति झल्किने किसिमको राखिने भएको छ ।