बिर्तामोड । झापाको चारपाने चोकमा भर्खरै सवारी दुर्घटना भएको छ ।

बिर्तामोड ट्राफिकका अनुसार घटनामा तीन जना घाइते भएका छन् । घाइते भएका २ जनालाई बिर्तासिटी अस्पताल र १ जनलाई विएण्डसी अस्पताल पठाइएको छ ।

दुर्घटनास्थलमा मे ५ प ७२४८ नम्बरको मोटरसाइकल टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको छ । घाइतेको अवस्था गम्भीर रहेको बुझिएको छ । घाइतेको विवरण आइसकेको छैन ।