झापा । झापाको गौरादहमा परालको कुन्यू लगाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । 

गौरादह नगरपालिका वडा नं ४ डोरामारी बस्ने ६३ वर्षीय कर्णबहादुर बस्नेतको परालको कुन्यू लगाउने क्रममा कुन्यूबाट लडेर मृत्यु भएको हो । 

शनिबार दिउँसो ३ बजे लडेर घाइते भएका बस्नेतलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारका क्रममा दिउँसो ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।