धुलाबारी । मेचीनगर-१२ काे पाथिभरा टाेलकी एकजना महिला हात्तीकाे आक्रमणबाट घाइते भएकी छन् ।

मंगलबार विहान ११ वजे कालिका सामुदायिक वनमा हात्तीले  ३१ वर्षीया चन्द्रकुमारी आङदेम्वेलाई आक्रमण गरेकाे थियाे।

दाउरा खाेज्न नजिकैकाे जंगलमा जाँदा  हात्तीकाे आक्रमणमा परी उनी घाइते भएकी हुन् । आङदेम्वेकाे टाउकाे र खुट्टामा चाेट लागेकाे इलाका प्रहरी कार्यालय धुलाबारीका इन्स्पेक्टर राेहित शर्माले जानकारी दिए ।

उनलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा लगिएको थियाे । आङदेम्वेकाे अस्पतालमा उपचार भइरहेकाे शर्माले बताए ।