बिर्तामोड । झापाको कनकाई नगरपालिका ३ की उमादेवि गौतम घनिष्ठ सम्बन्ध बनाएका व्यक्तिले लाखौँ कुम्ल्याएर फिर्ता नगरेपछि मानसिक तनावमा छिन् ।लामो समयदेखि पारिवारीक सम्बन्ध बनाएका कनकाई ४ का विकास बुढाथोकी र उनकै साला नाता पर्ने कनकाई ३ का दिनेश भनिने सिंहबहादुर बस्नेतले लाखौँ रकम लगेर फिर्ता नगरेपछि गौतमले आफु मानसिक र आर्थिक तनावमा परेको उनले बताइन् । 

आफु जमानी बसेर पैसा गराइदिएको व्यक्तिलाई गौतमले श्रीमानको नाममा भएको जग्गा पास गरेर दिएको बताइन् । उनले  आफ्नो पैसा बुढाथोकी र बस्नेतले फिर्ता नगरेपछि पारिवारिक अवस्था नै बिग्रन लागेको गौतमले गरिन् ।  बुढाथोकी र बस्नेतले पटक पटक गरी साढे तेइस लाख रुपैँया विभिन्न बहानामा लगेर हालसम्म पनि फिर्ता नगरेको गौतमको गुनासो छ । आफुले १० लाख रुपैँया स्थानीय मंगलीमाया सार्कीसँग मागेर बस्नेतलाई दिएको तर पैसा लिएर बस्नेत सम्पर्कविहिन बनेपछि सार्कीलाई गौतमले श्रीमान सालिकराम कार्कीको नाममा साबिक सुरुङ्गा ५ मा रहको कि नं। २४९२ को १ कठ्ठा जग्गा दिएको बताइन् ।

विभिन्न दुख देखाएर बुढाथोकी र बस्नेतले पैसा मागेको तर फिर्ता गर्न आग्रह गर्दा बुढाथोकीले कानुनी जटिलता देखाएर धम्क्याउने गरेको गौतमको आरोप छ ।शुरुका केहि समय बुढाथोकीले व्याजसमेत दिएको उनले बताइन् ।बस्नेत  फरार भएपछि पैसा फिर्ता गर्नुपर्छ भनेर दबाब दिँदा बुढाथोकीले जग्गा पासगरिदिने र उनकी साली सपना कार्की बस्नेतले जग्गा बेचेर पैसा दिने बताएपनि पछिल्लो समय मानिसहरुको उक्साहटमा लागेर उनीहरुले अदालत जान भन्दै धम्क्याउने गरेको गौतमको भनाई छ । लिखत वडा कार्यालयमा प्रमाणित गराउनु पर्छ भन्ने ज्ञान नभएको र पारिवारिक सम्बन्ध भएका व्यक्तिले अहिले यस्तो गर्छ भन्ने अनुमान नलगाएका कारण अहिले आफुले दुख पाएको गौतमको गुनासो छ ।  


विकास बुढाथोकीको मोवाइल नम्बर ९८१४०४२१३१ र ९८२४९२९३३१ र सम्पर्क बिहीन भएको भनिएका दिनेशकी श्रीमती सपना कार्की बस्नेतको मोबाइल नम्बर ९८२४०४४१७३ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।