काँकडभिट्टा । झापाको काँकरभिट्टादेखि लौकहीसम्मको सडक विस्तार अन्तर्गत सडक क्षेत्रमा पर्ने रुख कटान गर्न सुरु भएको छ । डिभिजन वन कार्यालय झापाले आजबाट रुख कटान कार्य शुरु गरेको हो ।

बिहीवार झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालको उपस्थितीमा मेचीनगर–१० धुलाबारी मोडमा सडक क्षेत्रभित्र रहेका रुख कटान  सुरु गरिएकाे हाे ।

डिभिजन कार्यालय झापाका वन अधिकृत मेघराज राईका अनुसार काँकरभिट्टादेखि मावा खोलासम्म ५२ किलोमिटर सडकमा पर्ने ५ हजार आठ सय ४७ रुख आजबाट काट्न थालिएको हो । रुख कटान कार्य शुरु भइसकेकाले दुई महिनाभित्र सबै रुख काटेर सकिने उनले बताएका छन् ।