विराटनगर । मोरङको रंगेलीमा शनिबार दिउँसो आगलागी हुँदा १९ घर जलेर ध्वस्त भएको छ। रंगेली नगरपालिका-३ बाबू सहायक टोलका  मुर्मुको गाई ग्वालीबाट दिउँसो २:२० बजेतिर आगलागी सुरु भएको प्रहरीले जनाएको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। बिजुली सर्ट भएर आगलागी भएको अनुमान छ। अहिलेसम्म आगोले जलेर १९ वटा घर जलेर नष्ट भएकाे प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार घरहरू बाँसको टाटीले बारेका र सेन्टरबेरा लगाएर बनाइएका थिए। घटनामा कति बराबरको क्षति भयो भन्ने यकिन छैन।क्षतिको विवरण संकलन गर्न बाँकी छ। प्रहरी, स्थानीय र विभिन्न ठाउँबाट आएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। आगोले सिंगो बस्ती ध्वस्त बनाएको छ।