बिर्तामाेड । बिर्तामोडको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले यो वर्ष लोकप्रिय हाँस्य कलाकार महजोडीलाई सम्मान गर्ने भएको छ ।

प्रतिष्ठानले साेमबार आयोजना गरेको पत्रकार सम्मेलनमा अग्रज कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई संयुक्त रुपमा सम्मान गर्न लागिएको जानकारी दिएकाे छ ।

प्रतिष्ठानले यो वर्ष पूर्ण-टुंग स्मृति प्रतिष्ठानको सहयोगमा महजोडीलाई ‘पूर्ण-टुंग आदर्श नागरिक सम्मान २०८०’ समर्पण गर्न लागेको अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिए ।

सम्मानित आदर्श नागरिकलाई नगद एक लाख ११ हजार १११ रुपैयाँसमेत प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । कार्यक्रम  चैत ७ गते बिर्तामाेडमा हुनेछ ।

२०५५ सालमा स्थापना भएको प्रतिष्ठानले संयोजन गरेर एक सयभन्दा बढी विद्यार्थीलाई स्तरीय र निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । प्रतिष्ठानले हालै इलाममा विभिन्न विधाका प्रतिभाहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिसकेको जनाएकाे छ ।